Skip to content
LAXMI SUNRISE BANK

जन्तीसहित पशुपतिमा प्रवेश गरे नागा बाबा… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । महाशिवरात्रि नजिकिएसँगै छिमेकी मुलुक भारतसँगै नेपालका विभिन्न ठाउँबाट नागा बाबा काठमाडौँ आउन थालेका छन् । सोही अवसरमा शुक्रबार नागा बाबाहरु जन्तीसहित काठमाडौँ आएर पशुपति मन्दिरको प्रवेशद्वार नम्बर-१ बाट प्रवेश गरेका हुन् । 

जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासी अन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पति सूचीमा समावेश भएको पशुपति मन्दिरमा चार थरीका सम्प्रदायका बाबाहरु आउने गर्छन् ।

अहिले महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्त जनहरुको संख्या वृद्धि भएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा लागि व्यवस्थापनलाई तिव्रता दिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

nepali

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK