काठमाडौँ । नेपाल प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा मन्दिर जाँदा गरगहना नलगाउन अपिल गरेको छ । भक्तजन तथा सामानको सुरक्षा लागि १३ बुँदे अनुरोध जारी गर्दै काठमाडौँ प्रहरीले पशुपतिनाथ तथा अन्य मन्दिरहरुमा जाँदा गरगहना नलगाउन आग्रह गरेको हो ।
महाशिवरात्रिमा मन्दिरहरुमा भीड हुनेहुँदा चोरी तथा लुटपाटका घटना हुनेसक्ने भन्दै बहुमूल्य गहना लगाएर मन्दिर नजान आग्रह गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
त्यस्तै, मन्दिरमा झोला नलैजान, पशुपति क्षेत्रको मापदण्ड बमोजिम प्लाष्टिकका झोला, कप, प्लेटलगायतका सामाग्रीको प्रयोग नगर्न र दूध, गंगाजल लगायत सामाग्रीका लागि फुट्ने सिसाका भाँडा प्रयोग नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै, पशुपतिनाथको दर्शन गरिसकेपछि छिटोछिटो मन्दिर परिसरबाट बाहिर निस्किएर घुइँचो हुन नदिन आवश्यक सहयोग र समन्वय गर्न पनि नेपाल प्रहरीले अनुरोध गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्