काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ९४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिडी पावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६५ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबारको बजारमा बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आजको बजारमा बुद्धभुमीसहित रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्