Skip to content
LAXMI SUNRISE BANK

सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँड, तपाईंलाई पर्यो ?

अर्थ सरोकार

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ बाँडफाँड भएको छ । मंगलबार बिहान कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो । 

कम्पनीले गत १८ गतेदेखि २१ गतेसम्म निष्कासन गरेको कम्पनीको आईपीओमा २४ लाख ५२ हजार ६ सय २ जनाले २ करोड ६१ लाख ३२ हजार ८ सय कित्ता सेयरका लागि आवेदन दिएका थिए । सो मध्ये २४ लाख ११ हजार ९ सय ९२ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।

माग भन्दा बढी आवेदन परेपछि कम्पनीको आईपीओ गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । आवेदन दिएका ५७ हजार २ सय ४३ जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् ।

आईपीओ बाँडफाँडपश्चात शेष रहेको १ कित्ता सेयर सोही लगानीकर्तामाझ बाँडफाँड गरिएको छ । अर्थात, कम्पनीको आईपीओमा आवेदन दिएका आईपीओ परेका एक जनाले ११ कित्ता सेयर पाएका छन् ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ५ करोड ७२ लाख ४३ हजार १ सय रुपैयाँ बराबरको ५ लाख ७२ हजार ४ सय ३१ कित्ता सेयर निष्कासन गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK