काठमाडौँ । नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) ले मार्जिन ट्रेडिङ कारोबार सुरु गरेको छ । ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ अनुसार कम्पनीले मार्जिन ट्रेडिङ कारोबार सुरु गरेको हो ।
योसँगै अब नासा सेक्युरिटिजमा ब्रोकरबाटै कर्जा लिएर सेयर लगानीकर्ताहरुले सेयर खरिद गर्न पाउने भएका छन् ।
नासा सेक्युरिटिजले यो सुविधा अन्तर्गत विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । ब्रोकरले मार्जिन ट्रेडिङ कारोबार सुविधा अन्तर्गत १० लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्मका योजना र अफरहरु ल्याएको छ ।
कम्पनीका अनुसार ब्रोकरबाट १० लाखको मार्जिन सुविधा लिन चाहने लगानीकर्ताले ३० प्रतिशत (३ लाख रुपैयाँ) प्रारम्भीक मार्जिन राखेर कारोबार गर्न सक्नेछन् । ७ लाख रुपैयाँ ब्रोकर कम्पनीबाट कर्जा सुविधा पाउनेछन् । उक्त योजनाको शुल्क मासिक ७ हजार (सेवा शुल्क र ब्याजसहित), २ महिनाको १३ हजार ६ सय ५० रुपैयाँ (२.५ प्रतिशत छुटसहित) र ३ महिनाको १९ हजार ९ सय ५० रुपैयाँ (५ प्रतिशत छुटसहित) रहेको छ ।
त्यस्तै, कम्पनीले २५ लाखको मार्जिन सुविधामा १७ लाख ५० हजार ऋण, ५० लाखको मार्जिन सुविधामा ३५ लाख ऋण, १ करोडको मार्जिन सुविधामा ७० लाख ऋण र २ करोड मार्जिन सुविधामा १ करोड ४० लाख रुपैयाँ ऋण सुविधा दिने जनाएको छ ।
सेवा लिनका लागि ब्रोकरमा मार्जिन डिम्याट खाता खोल्नुपर्नेछ । त्यस्तै, मार्जिन ट्रेडिङ खाता खोलेर केवाईसी फारम भरी ऋण सम्झौतामा हस्ताक्षर गरेपछि ब्रोकरबाट मार्जिन टे«डिङ सुविमा लिन सकिने कम्पनीले जनाएको छ । यस्तो छ मार्जिन ट्रेडिङको शुल्क र प्रक्रियाबारे विस्तृत जानकारीः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्