
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको सेयर संरचना परिवर्तन हुने भएको छ । कम्पनीको चैत ९ गते १५औं र १६औं वार्षिक साधारणसभा भएको थियो । सोही साधारणसभाबाट पारित भए बमोजिम संस्थापक समुहमा रहेको ६० प्रतिशत सेयर संरचना ५१ प्रतिशत हुने गरी परिवर्तन हुने भएको हो । सोही अनुरुप कम्पनीको प्रबन्धपत्र र नियमावलीसमेत संशोधन गरी बीमा समितिबाट स्वीकृति प्राप्त गरीसकेको छ ।
यस्तैगरी आफ्नो सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा सम्पुर्ण संस्थापक सेयरधनीहरुलाई निवेदन ढाँचासमेत संकलन गरी पत्राचार गरीसकिएको कम्पनीले जनाएको छ । सेयरधनीहरुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको कार्यालयमा संस्थापक समुह रहेको सेयर आफ्नो हक हिस्सामा पर्ने सेयर सर्वसाधारण समुहमा परिवर्तन गर्ने वा नगर्ने कुनै एक ढाँचा निवेदन कम्पनीमा पेश गर्न आग्रह गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्