काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताएका छन् । बुधवार धनगढीमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
वरिष्ठ नेता बालेनले आफूहरु भोट माग्न नभई जनतासँग काम माग्नका लागि आएको जिकिर समेत गरेका छन् । उनले आफ्नो पार्टीले सुदूरपश्चिमलाई बनाउने आश्वासन समेत दिएका छन् ।
‘म धेरै बोल्ने मान्छे होइन । राष्ट्रिय स्वतन्त्र पार्टी तपाईहरुसँग भोट माग्न आएको होइन, काम माग्न हो । काम दिनुस् ।’, बालेनले भने, ‘तपाईंहरुले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ ।’
त्यस्तै, समर्थकले ‘चस्मा खोल्नु’ भनेपछि चस्मा खोल्दै आफ्नो आँखा नभएर काम हेर्न आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्