Skip to content
LAXMI SUNRISE BANK

एमालेको घोषणापत्रः युवालाई १० जीबी डाटा निःशुल्क, १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड दिइने !

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेले घोषणा पत्र सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच एमालेले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो । 

एमालेले सार्वजनिक गरेको घोषणापत्रमा युवा स्वरोजगार, महिला सशक्तिकरण, श्रमिक कल्याण, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । एमालेले घोषणापत्रमा युवा पुस्तालाई डिजिटल तथा उद्यमशीलतामा जोड्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीको सम्मान गर्ने, किशोरी तथा महिलाको स्वास्थ्य र आर्थिक सशक्तिकरण गर्ने जस्ता महत्वाकांक्षी प्रतिबद्धता अघि सारेको छ । 

घोषणापत्र मार्फत एमालेले १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । 

सूचना प्रविधि क्षेत्रमा स्टार्टअप तथा अनलाइन कारोबार प्रवर्द्धन गर्न युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराउने एमालेको एजेण्डा छ । यसले एआई, कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ, एप विकास जस्ता क्षेत्रमा तालिम तथा सेवा उपयोग सहज बनाई १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य एमालेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK