काठमाडौँ । सामुदायिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै सन नेपाल लाइफ इन्स्योरेन्सले बालाजु प्रहरी परिसरको भवन निर्माण कार्यमा आवश्यक निर्माण सामग्री सहयोग गरेको छ । एक औपचारिक हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई र प्रमुख जोखिम अधिकृत रोशन ज्ञवाली र आन्तरिक नियन्त्रण प्रमुख रोशन पौडेलको उपस्थितिमा रू १० लाख बराबरको निर्माण सामग्री बालाजु प्रहरी कार्यालयलाई प्रदान गरेको हो ।
कार्यक्रममा बालाजु प्रहरी इकाई पुनर्निर्माण समितिको तर्फ़बाट अध्यक्ष शिव भक्त रंजित, कोषाध्यक्ष बेद प्रसाद पौडेल र प्रहरी नायब उपरीक्षक यल लाल बन्जाडेको उपस्थिती रहेको थियो ।
प्रहरी परिसर जस्तो सार्वजनिक सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने संस्थाको भौतिक पूर्वाधार सुदृढ हुनु आवश्यक रहेको भन्दै कम्पनीले यो सहयोग गरेको जनाएको छ । कम्पनीका प्रतिनिधिले सामाजिक सुरक्षाको आधार वित्तीय सुरक्षासँगै संस्थागत सुदृढीकरण पनि भएको उल्लेख गरे ।
बालाजु प्रहरी कार्यालयका प्रमुखले बीमा क्षेत्रको यस्तो सहयोगले सेवा प्रवाह थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले समुदाय र निजी क्षेत्रबीचको सहकार्यले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बताए ।
सन नेपाल लाइफले बीमा व्यवसायसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । स्वास्थ्य, शिक्षा र सामुदायिक पूर्वाधार जस्ता क्षेत्रमा कम्पनीको सक्रिय सहभागिता देखिँदै आएको छ ।
हाल सन नेपाल लाइफ इन्स्योरेन्सको देश भर १४८ शाखा तथा उप शाखा संचालनमा रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्