Skip to content
LAXMI SUNRISE BANK

सरकार बनेको सय दिनभित्र बचतकर्ताको पैसा फिर्ता गर्ने रास्वपाको बाचा !

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘बाचा पत्र’ सार्वजनिक गरेको छ । बिहीबार सुर्खेतमा आयोजना गरिएको ‘परिवर्तन उद्घोष सभा’मा रास्वपाले आफ्नो ‘बाचा पत्र’ सार्वजनिक गरेको हो । 

‘बाचा पत्र’मार्फत रास्वपाले निर्वाचनपछि रास्वपाले सरकारको नेतृत्व गरेको सय दिनभित्रै समस्याग्रस्त सहकारीका बचतकर्ताहरुको रकम फिर्ता गर्ने बाचा गरेको छ । 

बचतकर्ताको पैसा सुरक्षित गर्न राज्यका तर्फबाट ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरेर संकटग्रस्त सहकारीका बचतकर्तालाई प्राथमिकताका आधारमा साना बचतकर्तादेखि सुरु गरी रकम भुक्तानीको व्यवस्था मिलाउने रास्वपाले बाचा गरेको छ । 

‘आमनागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गर्नेछौँ ।’, बाचापत्रमा भनिएको छ, ‘बचतकर्ताहरूको कमाइ सुरक्षित गर्न राज्यको तर्फबाट एक ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्नेछौँ, जसले संकटग्रस्त संस्थाहरूका बचतकर्तालाई प्राथमिकताका आधारमा साना बचतकर्तादेखि सुरु गरी भुक्तानीको दिने व्यवस्था गर्नेछौँ ।’

त्यस्तै, रास्वपाले सहकारीका सञ्चालकलाई जेल हाल्नु मात्र नभएर बचतकर्ताको पैसा फिर्ता गराउनु पार्टीको उद्देश्य भए पनि बताएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK