- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ। शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । योसंगै देशभर सुनको कारोबार ठप्प रहेको छ। सुनको मूल्य अझै बढ्नसक्ने जानकारहरुको भनाई छ ।
यता, चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार) प्रति १० ग्राम सुनको मूल्य ८८ हजार ७ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य प्रति १० ग्राम १ हजार २ सय ४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।