Skip to content
LAXMI SUNRISE BANK

‘सिलाम साक्माले मान्छेलाई कालबाट जोगाएजस्तै, हामी देश जोगाउँछौँ’- बालेन शाह

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नयाँ फ्याक्ट्री खोलेर चलाउन १० जना नेतालाई ढोग्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । इटहरीमा आयोजित ‘हामी आयौँ’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् । 

उनले देशकै पहिलो उद्योग कलकारखाना भएको क्षेत्रमा नयाँ फ्याक्ट्री खोलेर चलाउन १० नेतालाई ढोग्नुपर्ने अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य गर्ने बताएका छन् । 

‘देशकै पहिलो उद्योग कलकारखाना भएको क्षेत्र हो यो । यहाँ खाने तेलदेखि मरमसलाका फ्याक्ट्रीहरु छन् । तर जुनबेला खुले त्यसबेलादेखि नयाँ खुलेका छैनन् ।’, बालेनले भने, ‘नयाँ खोल्नुपर्यो भने १० नेतालाई ढोग्नुपर्छ । कर्मचारीलाई फकाउनुपर्छ । अनि बल्ल फ्याक्ट्री खुल्छ र चलाउन थालेपछी आतंक सुरु हुन्छ । अब त्यो पर्दैन । त्यो हटाउन चाहन्छ रास्वपा ।’

त्यस्तै, बालेनले नेपालको ६०-७० प्रतिशत फुटबल खेलाडी पूर्वी नेपालमा उत्पादन हुने भए पनि आजसम्म खेल मैदान बनाउन वा रंगशाला बनाउन नसकिएको भन्दै गुनासो गरेका छन् । उनले एउटा फुटबल खेलाडी राम्रो बन्न कम्तिमा १० हजार घण्टा अभ्यास गरेको हुनुपर्ने बताउँदै त्यो अभ्यास गराएर खेलाडी उत्पादन गर्ने पार्टी रास्वपा बन्ने दाबी गरेका छन् ।

सिलाम साक्माले मानिसलाई कालबाट जोगाए जस्तो देशलाई जोगाउने बालेनले प्रतिबद्धता व्यक्त गरेका छन् । उनले देशभित्र सम्भावना अनुसारकै उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको पनि बताएका छन् ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK