Skip to content
LAXMI SUNRISE BANK

सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन लिडर डिस्कोर्स’ नामक प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको छ । फागुन ६ गते होटल पोखरा ग्रान्डमा सम्पन्न कार्यक्रममा करिब ४० मिनेटको विशेष प्यानल सत्र सञ्चालन गरिएको थियो । कार्यक्रमको सहजीकरण कम्पनीका तालिम विभाग प्रमुख कुबेर पाठकले गरेका थिए ।

कार्यक्रममा सिटिजन लिडर्स ईश्वरी प्रसाद बराल, टुकबहादुर राना, सुरेश बाबु शर्मा, राजु श्रेष्ठ तथा लक्ष्मी लामिछाने प्यानलिस्टका रूपमा सहभागी थिए । छलफल सफलता, करिअर विकास, भर्ना प्रक्रिया तथा बीमालेख निरन्तरताजस्ता विषयमा केन्द्रित थियो ।

टुकबहादुर रानाले व्यतित बीमालेख बढ्दै जानु एजेन्सी व्यवसायको साझा चुनौती भएको उल्लेख गर्दै बिक्रीसँगै दीर्घकालीन सम्बन्ध र बीमालेख निरन्तरतामा ध्यान दिनुपर्ने बताए। ईश्वरी प्रसाद बरालले २१ वर्षको अनुभव साझा गर्दै विश्वासमा आधारित सम्बन्धले बीमा व्यवसायलाई प्रभावकारी बनाउने धारणा राखेका थिए ।

लक्ष्मी लामिछानेले बीमा पेशामा महिलाको भूमिका महत्वपूर्ण रहेको बताउँदै जिम्मेवारीबोध र संवेदनशीलताले परिवार केन्द्रित सुरक्षा सन्देश प्रभावकारी हुने बताइन् । सुरेश बाबु शर्माले बीमाको पहुँच विस्तारमा अभिकर्ता केवल बिक्रीकर्ता नभई वित्तीय शिक्षाकर्मी र जोखिम परामर्शदाता हुनुपर्ने धारणा व्यक्त गरे। राजु श्रेष्ठले बदलिँदो डिजिटल युगअनुसार अभिकर्ता व्यावसायिक वित्तीय परामर्शदातामा रूपान्तरण हुनुपर्ने आवश्यकता औंल्याएका थिए ।

कार्यक्रम प्रेरणादायी र संवादमुखी बनेको उल्लेख गर्दै कम्पनीले आगामी दिनमा नेतृत्व विकास केन्द्रित यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK