Skip to content
LAXMI SUNRISE BANK

नजिकियो चुनाव, ‘हाई रिस्क’मा रहेको झापाको सुरक्षामा खटियो सेनासहितको संयुक्त टोली (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५ मा संयुक्त गस्ती सुरु भएको छ । आपराधिक प्रवृत्तिका मानिसहरूलाई हतोत्साहित गर्न तथा शान्ति सुरक्षा कायम गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती सुरु भएको हो ।

कुनै अप्रिय घटना नघटोस्, निर्वाचन सुरक्षामा कुनै आँच नआओस् र कुनै आपराधिक क्रियाकलाप नहोस् भनेर आवश्यकता अनुसार सङ्ख्या निर्धारण गरी विभिन्न ठाउँमा गस्ती भइरहेको जिल्ला प्रहरी कार्यालय झापामा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK