काठमाडौँ । निर्वाचन आयोगले २ जना उम्मेदवार र एक राजनीतिक दललाई कारवाही गर्ने निर्णय गरेको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको निष्कर्षसहित दुई जना उम्मेदवार र एउटा राजनीतिक दललाई कारवाही गर्ने निर्णय गरेको हो ।
आयोगको कारवाही भोग्नेमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाल रहेका छन् । उनीहरुलाई आयोगले प्रतिव्यक्ति २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
त्यस्तै, आयोगले हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई पनि २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आयोगले तोकेको निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि कारवाही गरिएको आयोगको केन्द्रीय आचारसंहिता तथा अनुगमन समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त सगुन समशेर जबराले जानकारी दिएका छन् ।
जबराका अनुसार आचारसंहिता उल्लंघनका विषयमा आयोगले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि कारवाहीस्वरुप २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरिएको हो ।
हालसम्म आयोगमा देशभरबाट ३ सय बढी आचारसंहिता उल्लंघनका उजुरी परेका छन् । निर्वाचन आयोगमार्फत हालसम्म ८२ जनालाई स्पष्टिकरण सोधिएको र तीमध्ये ५७ जनाबाट जवाफ प्राप्त भएको र ६ जना उम्मेदवारलाई पुनः स्पष्टिकरण सोधिएको जबराले बताएका छन् । निर्वाचन आचारसंहिताविपरित एउटा संस्थानबाट निकालिएका दुईजना कर्मचारीलाई पुनर्बहाली गर्न समेत आयोगले निर्देशन दिएको छ ।
आयोगले सञ्चार गृह तथा सञ्चारकर्मीबाट भएको आचारसंहिता उल्लङ्घनमा कारवाही गर्न प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ । आयुक्त जबराले केही दिन भित्र काउन्सिलले त्यस्ता उजुरी उपर कारवाही नगरे आयोग आफैँ पनि सक्रिय हुनसक्ने चेतावनी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्