Skip to content
LAXMI SUNRISE BANK

बालेन बोले- ‘बोल्नै दिँदैनन् यार’

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चितवनको सभालाई सम्बोधन गरेका छन् । शुक्रबार चितवनमा आयोजित हामी आयौँ परिवर्तन उद्घोष सभालाई उनले सम्बोधन गरेका हुन् ।

उनले सभालाई सम्बोधन गर्दा समर्थकले उनको नाम लिएर चर्को हुटिङ गरेका थिए । केहीबेर बालेनको भाषण नै अवरुद्ध भएको थियो । बोल्ने क्रममा हुटिङ बढ्दै गएपछि बोलेन रोकिए र मुस्कुराँदै भिडलाई ‘आइ लभ यू’ भनेका थिए ।

समर्थकको हुटिङ चर्किदै गएपछि बालेनले टाउको कन्याउँदै भने – ‘बोल्नै दिँदैनन् यार’

केहि बेरमा हुटिङ कम भएपछि पुन: बालेनले आफ्नो भाषणलाई अघि बढाएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK