Skip to content
LAXMI SUNRISE BANK

चरम भ्रष्टाचारको खालबाट बल्ल बल्ल काम चलाउ बनेको नेप्सेको थोत्रो सिस्टम फेरि बिग्रियो, हदैसम्म रमिता देखायो !

अर्थ सरोकार

काठमाडौँ । चरम भ्रष्टाचारको खालबाट बल्ल बल्ल काम चलाउन बनेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को थोत्रो सिस्टममा फेरि समस्या देखिएको छ । आइतबार नेप्से गणनामा गम्भीर समस्या देखिएको हो । 

आइतबार ३ः०० बजे नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० बिन्दुमा पुगेर बन्द भएको थियो । 

तर, केही समयमा नेप्सेको सिस्टमले बजार ८८५.३२ अंकले घटेको देखाएको थियो । बढेर बन्द भएको बजार एक्कासी ३३.३४ प्रतिशत अर्थात ८८५.३२ अंकले घटेको देखिएपछि नेप्सेको थोत्रो सिस्टमको बिजोग उदांगो भएको थियो । 

तर, केही समयमै उक्त इन्डेक्स सुध्रिएको छ । यद्यपि विवरण सुध्रिएपछि पनि ३ बजे १९.२७ अंकले बढेर बन्द भएको बजार हाल १९.०४ अंकले बढेको देखाइएको छ । यसले नेप्सेको सिस्टममा गम्भीर त्रुटि भएको प्रमाणित गरेको छ । 

यता नेप्सेका अधिकारीहरुले भने यसलाई सिस्टममा देखिएको सामान्य प्राविधिक समस्या बताउँछन् । तर, सेयर लगानीकर्ताहरुले भने यो सामान्य प्राविधिक समस्या मात्र नभएर सिस्टममा गरिएको छेडखानी र थोत्रो सिस्टममा देखिएको गम्भीर त्रुटि भएको बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK