काठमाडौँ । फागुन २१ गते हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । मध्यरात १२ बजेबाट राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि सकिएर निर्वाचनको मौन अवधि सुरु भएको हो ।
मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्नेगरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने निर्वाचन आयोगको नियम छ । तर, कतिपय उम्मेदवारहरुले भने मध्येरात १२ बजेपछि पनि मत माग्ने भिडियो सामाजिक संजालमा पोष्ट गरेको, कतिपय उम्मेदवारहरुले फेसबुक बुष्ट १२ बजेपछि पनि नरोकेकोसमेत पाइएको छ ।
सो अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने नियम छ । तर, ठ्याक्कै १२ बजेपछि कतिपय उम्मेदवारले १२ बजेर २ मिनेटमा भिडियो पोष्ट गरेका छन् भने कतिपयले १२ बजेपछि पनि फेसबुकमा पोष्ट बुष्ट गरिरहेका छन् ।
यसरी उम्मेदवारले मौन अवधि सुरु भइसकेपछि पोष्ट भएका भिडियोहरुमा ‘मौन अवधि लागेको होइन र ?’ भनेर स्वयम् जनताले प्रश्न गरेका छन् । तर, ठ्याक्कै ११ः५९ बजे पोष्ट हुनेगरी भिडियो पोष्ट गर्न खोज्दा केही ढिलो भएको तर्क तिनका समर्थकले गरेका छन् । यद्यपी १ मिनेट नै सहि, यस्तो काम गलत हो । अब यसलाई निर्वाचन आयोगले सिरियसली लिन्छ, वा केही मिनेट ठिकै छ भनेर छोड्छ, त्यो भने हेर्न बाँकी नै छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्