काठमाडौँ । मध्यपूर्वको तनावका बीच नेपालीहरु पनि पिरोलिएका छन् । आक्रमणमा परी एक नेपालीको ज्यान गईसकेको छ भने मंगलबार विहान यो समाचार तयार गर्दासम्म युएइको आबुदाबी नजिकै आकाशमा निरन्तर बिस्फोटको आवाज सुनिईरहेको खबर छ ।
नेपालीहरूको बाक्लो संख्या रहेको हमिम सिटीबाट अर्थ सरोकारको सम्पर्कमा आएका युवाहरुले निरन्तर बिस्फोटको आवाज आइरहेको र आफू त्राहिमाम स्थितिमा रहेको बताएका छन् ।
मोबाइलमा आउने अलर्ट, परिवार र आफन्तको मेसेजले निरन्तर पिरोलिरहेको यस्तो अवस्थामा सरकारले नेपालीहरुको उद्दार गर्नुपर्ने ती युवाहरुको भनाई छ । अझ, एक नेपाली युवाको निधनले उनीहरु थप आत्तिएको र परिवार पनि त्राहिमाम अवस्थामा रहेको उनीहरुको भनाई छ ।
स्थानीय समय अनुसार राति करिब १ः४० बजे दोहाको आकाशमा पाँच वटा ठूला विस्फोटका आवाज गुन्जिएको समाचार अलजजिराले प्रकाशित गरेको छ । यद्यपि मानवीय क्षतिबारे भने अपडेट आइसकेको छैन ।
नेपालका विभिन्न नेताहरुले मध्यपूर्वमा देखिएको तनावबारे चासो त राखेका छन्, तर नेपालीहरुले भने आफुहरु उद्धारको पर्खाईमा रहेको बताईरहेका छन् ।
अर्थ सरोकारको सम्पर्कमा आएका एक युवाले आफू विवाहका लागि नेपाल फर्किने क्रममा रहेकै बेला एयरपोर्ट बन्द भएपछि विवाह नै सार्नुपर्ने स्थितिमा पुगेको बताएका छन् । कतिपय नेपालीले छिटो भन्दा छिटो अव आफ्नै घर फर्किन खोजेको भन्दै चित्कार गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्