Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्यमा पहिरो, तोलामै ११ हजार घट्यो

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ११ हजार रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ११ हजार रुपैयाँले घटेर तीन लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २७५ रुपैयाँले घटेर प्रतितोला ५५४० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ७२ हजार २ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४७४९.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK