Skip to content
LAXMI SUNRISE BANK

भनेको काम गरेरै छाडिन् सुशीलाले, भोट हालेर प्रधानमन्त्रीबाट बिदा हुँदै !

अर्थ सरोकार

काठमाडौँ । फागुन २१ गते (आज) बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुँदैछ । मतदानका लागि देशभर सम्पूर्ण तयारी पूरा भइसकेको छ । बिहानैदेखि मतदान गर्न मतदाताहरु मतदान स्थल जान थालेका छन् ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिपछि चुनावी ‘म्यान्डेट’ पाएको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले धापासीबाट मतदान गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीका रुपमा शपथ लिएलगत्तै ‘यो सरकार चुनावी सरकार भएको र चुनाव गराएरै छाड्छौँ’ भन्ने अभिव्यक्ति दिएकी थिइन् । त्यसबेला धेरैले चुनाव हुनेमा शंका व्यक्त गरेका थिए । राजनीतिक दलका शीर्ष नेताहरु नै चुनावको विपक्षमा देखिन्थे ।

तर, अन्ततः कार्कीले चुनाव गराएरै छाडेकी छिन् । फागुन २१ गते तोकिएकै मितिमा देशभर मतदान सुरु भएको छ ।

चुनावी सरकारको प्रधानमन्त्रीका नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्की भोट हालेर बिदा हुँदैछिन् । फागुन २१ गते (आज) हुने निर्वाचनमार्फत जनताले आफूलाई मन परेको नेतृत्व छान्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK