काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअन्तर्गत रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायमै राखेका छन् । उनले पाँच हजार ९२४ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लीलामणि गौतमले दुई हजार ९१ र नेपाली कांग्रेसका कुसुमदेवी थापाले एक हजार ७०९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनाल दिएका छन् ।
हालसम्म भुमे गाउँपालिकाको नौ वडा र सिस्ने गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ७ को १० हजार ९२१ मतगणना सकिएको छ । यहाँ २९७ मत बदर भएको छ । अहिले सिस्ने गाउँपालिकाको ६ र ८ नम्बर वडाको मतगणना जारी छ । त्यसपश्चात् पुथा उत्तरगङ्गा गाउँपालिकाको मतगणना गरिने मुख्य निर्वाचन अधिकृत खनालले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्