Skip to content
LAXMI SUNRISE BANK

रुपन्देही-३ मा लेखजंगको जित पक्का, २४ हजार मत गन्न बाँकी, ३८ हजार मतले अगाडी

अर्थ सरोकार

काठमाडौँ । रुपन्देही-३ मा डा. लेखजंग थापाको जित पक्का भएको छ । आफ्ना प्रतिद्वन्दी भन्दा भारती मतान्तरले अग्रता लिइरहेका थापाको जित पक्का भएको हो ।

पछिल्लो मतगणना परिणाम अनुसार रुपन्देही-३ मा २४ हजार मत गणना गर्न बाँकी छ । तर, थापा आफ्ना निकटतम प्रतिद्वन्दी भन्दा ३८ हजार ७ सय ८४ मतले अघि छन् । 

हालसम्म थापाले कुल ७० हजार ६ सय ९ मत गणना हुँदा ४४ हजार ९ सय ७ मत पाएका छन् । त्यहीँ नेपाली काँग्रेसका सुशील गुरुङले ६ हजार १ सय २३ मत पाएका छन् ।

त्यस्तै, एमालेका बासुदेव घिमिरेले ५ हजार ९ सय ११, राप्रपाका गौरव बोहराले ५ हजार ९ सय ५ र नेकपाका फैज अहम्मद खाँले १ हजार ७ सय ७२ मत पाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK