Skip to content
LAXMI SUNRISE BANK

ओली हार्ने १०० प्रतिशत ‘कन्फर्म’, जमानत नै जफत हुने चिन्ता !

अर्थ सरोकार

काठमाडौँ । एमालेको अझ एमालेका अध्यक्ष केपी शर्मा ओलीको किल्ला भनिएको झापा-५ मा ओलीको हार ‘कन्फर्म’ भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले ओली भन्दा तेब्बर बढी मत ल्याएपछि ओलीको हार ‘कन्फर्म’ देखिएको हो । 

झापा-५ को पछिल्लो मतगणना परिणाम अनुसार रास्वपाका बालेनले ३४ हजार ८ सय ६३ मत ल्याउँदा एमाले अध्यक्ष ओलीले जम्मा ९ हजार ६८ मत ल्याएका छन् । हालसम्म झापा-५ मा ५५ हजार  २ सय ७ मत गणना भएको छ ।

यता मत कम मात्र होइन, नगन्य मात्रामा आएपछि ओलीको जमानत नै जफत हुन्छ कि हुँदैन ? भन्ने चर्चा सुरु भएको छ । देशभर एमालेका नेताहरुको जमानत नै जफत हुनेगरी एमाले पत्तासाफ भइरहेका बेला ओलीको जमानत के हुन्छ ? भन्ने चासो बढेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK