काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको नेतृत्व, नीतिबारे छिट्टै निर्णय गर्ने बताएका छन् । देशभरबाट एमालेले लज्जास्पद हार ब्यहोरेसँगै उनले छिट्टै पार्टीको नेतृत्व र नीतिका विषयमा गम्भीर समीक्षा गरेर आवश्यक निर्णय गर्ने बताएका हुन् ।
पौडेल रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलसँग ४० हजार बढी मतान्तरले पराजित भएका छन् ।
लज्जास्पद हार ब्यहोरेका पौडेलले देशभर एमालेका उम्मेदवारले हार ब्यहोर्नु उनीहरुको व्यक्तिगत कारण नभएर रास्वपाको पक्षमा आएको देशव्यापी लहरले परिणाम भएको प्रतिक्रिया दिएका छन् ।
त्यस्तै, पौडेलले अब एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट हटाउने संकेत गर्दै एमालेको नेतृत्व, नीति र कार्य सम्पादनबारे छिट्टै निर्णय गर्ने बताएका छन् । सँगै उनले रुपन्देही-१ बाट विजयी भएका रास्वपा खरेललाई बधाई दिँदै शुभकामना पनि व्यक्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्