काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की युवा नेतृ रुबिना आचार्यसँग भारी मतले हारेपछि नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरु परिवर्तनको वाहक भएको बताएका छन् ।
कुल १२ हजार ८ सय ५० मत ल्याएका कोइरालालाई हराएकी रास्वपाकी आचार्यले ५५ हजार ५ सय १३ मत पाएकी छिन् ।
३१ वर्षीया आचार्यसँग लज्जास्पद हार व्यहोरेका कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत हार स्वीकार गर्दै आचार्यलाई बधाई दिएका छन् । सँगै उनले युवाहरु परिवर्तनको वाहक भएको पनि बताएका छन् ।
‘…लोकतान्त्रिक पद्धतिलाई आत्मसात गरेर सक्षम र योग्य युवाहरु भर्खरै सम्पन्न निर्वाचनमा विजयी हुनुभएको छ ।’, उनले लेखेका छन्, ‘युवाहरु जो यो राष्ट्रको परिवर्तनका वाहक हुन, भावी संसदमा हामी नीति निर्माणमा पुगेको देख्नेछौँ । यो खुशीको कुरा हो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्