काठमाडौँ । खल्ती डिजिटल वालेटका सहसंस्थापक तथा निर्देशक अरविन्द साहले चुनाव जितेका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बारा–३ बाट उम्मेदवारी दिएका साहले चुनाव जितेका हुन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका थिए ।
१० हजार ५२ मत ल्याएका नेपाली काँग्रेसका फरमुल्लाह मंसुरलाई भारी मतले हराउँदै साह विजयी भएका हुन् । साहले बारा–३ बाट ४० हजार ६ सय ९७ मत पाएका छन् ।
बारा–३ बाट जित हासिल गरेसँगै साहले यो विजय कुनै एक व्यक्ति विजय नभएर जनताको आवाज, भरोसा र परिवर्तनप्रतिको दृढ चाहनाको विजय भएको प्रतिक्रिया दिएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका ४१ वर्षीय प्रविधि उद्यमी साहले डिजिटल सुशासन, रोजगारी सृजना र प्रविधिमार्फत कृषि तथा आर्थिक विकासलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् ।
यता इसेवाका संस्थापक अस्गर अलिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन व्यापक सहयोग गरे पनि अन्ततः ओलीको हार भएको छ । ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग भारी मतले हारेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्