काठमाडौँ । महावीर पुनले केपी ओलीको गफ र घमण्डका कारण जेन-जी आन्दोलन भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै पुनले ओली धुर्त, गफाडी र घमण्डी भएकै कारण जेन-जी आन्दोलन भएको बताएका हुन् ।
‘…उहाँ यत्तिको धुर्त, गफाडी र घमण्डी नभएको भए जेनजी आन्दोलन हुने नै थिएन र अहिलेको चुनावमा रास्वपाको आँधी आउने पनि थिएन ।’, पुनले भनेका छन्, ‘अनि म पनि सांसद हुने थिइन ।’
ओलीकै ‘थुतुनो’ले गर्दा नै नेपालमा युवाहरुले शासन गर्ने मौका पाएको भन्दै उनले युवा नेताहरुलाई ओलीजस्तै धुर्त, गफाडी र घमण्डी नहुन पनि भनेका छन् ।
उक्त पोष्टसहित पुनले सेयर गरेको भिडियोमा रास्वपाका वरिष्ठ नेता बालेनसँग लज्जास्पद हार व्यहोरेका ओलीले एक्लै एमालेसँग चुनावमा लड्ने आँट कसैको नभएको दाबी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्