काठमाडौँ । स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको भूराजनीतिक तनावका कारण मूल्य वृद्धि भएको हो ।
जसले गर्दा जीवनयापनको लागत बढ्ने भन्दै जनमानसमा चिन्ता छाएको छ । दुई हप्ताअघि डिजेलको मूल्य प्रतिलिटर करिव १.५७ युरो थियो । तर, अहिले बढेर १.८५ युरो पुगेको छ । जुन झन्डै ३० सेन्टको वृद्धि हो ।
अन्य अन्तर्वार्तादाताहरूले इन्धनको मूल्यमा भएको यो वृद्धिले यात्रा खर्च मात्र नबढाई ढुवानी (लजिस्टिक) को लागत पनि बढाउन सक्ने बताएका छन् । जसको असर अन्ततः खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा देखिन सक्छ ।
केहीले भने तनाव जारी रहेमा तेलको मूल्य अझै बढ्न सक्ने र यसले अर्थतन्त्र तथा मानिसहरूको जीविकोपार्जनमा थप दबाब सिर्जना गर्ने चिन्ता पनि व्यक्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्