काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से २३.८७ अंकले बढेर २८२०.४४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ३५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार ४ सय ५ कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेशनल हाइड्रो पावर कम्पनीको भएको छ ।
त्यस्तै, आजको बजारमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । उक्त कम्पनीमा आज पोजेटिभ सर्किट लागेको छ।
यता, कुमारी सबल योजना कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्