काठमाडौँ । नेपाल धितोपत्र बोर्डले तीन ब्रोकर कम्पनीलाई कारवाही गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ (क)को उपदफा ४ को खण्ड (घ) र दफा ७ (ग)को व्यवस्था उल्लंघन गरेको भन्दै तीन ब्रोकर कम्पनीलाई कारवाही गरेको हो ।
कारवाहीमा पर्नेमा सिप्ला सेक्युरिटिज लिमिटेड, श्री कृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालि रहेका छन् ।
कारवाहीमा परेका तीन ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले आर्थिक जरिवाना तिराएको छ । बोर्डका अनुसार सिप्ला सेक्युरिटिजलाई ५० लाख, श्रीकृष्ण सेक्युरिटिजलाई ३० लाख र हाते मालोलाई ३० लाख रुपैयाँ जरिवाना गरिएको छ ।

यसो त यी ब्रोकर कम्पनीलाई बोर्डले यसअघि पनि पटकपटक विभिन्न नियम तथा व्यवस्था उल्लंघन गरेको भन्दै सचेत गराएको थियो । तर, नियामक नै मुठ्ठीमा छ भन्ने शैलीमा यी ब्रोकरले नियम उल्लंघन गर्दै आएका थिए । अन्ततः हदै भएपछि बोर्डले तीन ब्रोकरलाई कारवाही गरेको छ । अझै पनि नसच्चिए थप कारवाही गरिने बोर्डले चेतावनी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्