Skip to content
LAXMI SUNRISE BANK

‘लालकिल्ला’बाटै एमाले पत्तासाफ भएपछि हार स्वीकार्दै ओलीले भने- ‘जनताकै बीचमा रहनेछौँ’

अर्थ सरोकार

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा देशकै ठूलो र बलियो पार्टी दाबी गर्ने एमालेले नमिठो हार व्यहोर्नुपर्यो । अझ भनौँ, एमालेकै गढ र किल्लाबाट पत्तासाफ हुनुपर्यो । 

आफूलाई ह्वाभीवेट दाबी गर्ने एमाले नेताहरु नै शून्यको स्थितिमा झरे । केहीले जमानत समेत जोगाउन सकेनन् । अधिकांशको शर्मनाक हार भयो ।

अरु त अरु एमाले पहिलो दल बन्ने र रास्वपाले ७ सिट मात्र जित्छ भन्दै आगो ओकलेका ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग लज्जास्पद हारे । झण्डै ५० हजारको मतान्तरले हारेका ओलीले अन्ततः हार स्वीकार्दै अब आफूहरु जनताकै बीचमा रहने र जनताकै लागि काम गर्ने बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट लेख्दै ओलीले भनेका छन्- ‘हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ ।’

त्यस्तै, ओलीले निर्वाचनमा अपेक्षित मत ल्याउन नसकेको भन्दै जनताको मतलाई सम्मानसाथ स्वीकारेको बताएका छन् । उनले कठिन घडिमा पनि सूर्य चिन्हमा मतदान गर्ने मतदातालाई धन्यवाद दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK