Skip to content
LAXMI SUNRISE BANK

मध्यपूर्वमा तनावः इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण !

अर्थ सरोकार

काठमाडौँ । इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा ड्रोन हमला गरेको छ । यो हमला अमेरिकाले इरानको खार्ग द्वीपमा भीषण हमला गरेलगत्तै भएको हो । यूएईका अधिकारीहरूले हवाई प्रतिरोध प्रणालीले नष्ट गरेको ड्रोन खस्दा आगलागी भएको बताएका छन् ।

उक्त बन्दरगाह यूएईका निम्ति अत्यन्त महत्त्वपूर्ण स्थान हो भने मध्येपूर्वकै सबैभन्दा विशाल तेलभण्डार केन्द्रहरूमध्ये एक हो । साथै पानीजहाजहरूमा इन्धन भर्नका निम्ति पनि यो महत्त्वपूर्ण स्थल हो ।

फुजाइरा बन्दरगाह ओमानको खाडीमा पर्छ । त्यहाँ पुग्न पानीजहाजहरूलाई जलक्षेत्रमा युद्ध सुरु भएको दुई सातायता पानीजहाजको आवतजावत लगभग बन्द रहेको हर्मुज स्ट्रेट पार गर्नुपर्दैन । ड्रोन हमलापछि अनलाइन माध्यममा देखिएका फुटेजमा यूएईको पूर्वी तटमा रहेको उक्त पूर्वाधार परिसरबाट बाक्लो धुवाँको मुस्लो उडिरहेको देखिएको थियो ।

फुजाइरा बन्दरगाहमा ड्रोन हमला त्यतिखेर भएको छ जतिखेर इरानी रिभोलूशनरी गाड्र्स कोर (आईआरजीसी)ले अमेरिकाले उसको खार्ग द्वीपमा हमला गरेका कारण अब यूएईका बन्दरगाह तथा अमेरिकी सैन्य ठेगानाहरू आफ्नो निम्ति वैध निसाना बनेको जनाएको छ ।

तेहरानको तेल उद्योग तथा समग्र अर्थतन्त्रका निम्ति खार्ग द्वीपको महत्त्व निकै रहेको मानिन्छ ।

यसैबीच, इरानी सेनाको खताम मुख्यालयका एक प्रवक्ता कर्णेल इब्राहिम जुल्फीगरीले यूएईका बन्दरगाहमा रहेका अमेरिकी क्षेप्यास्त्र तथा अमेरिकी सैनिक ‘लुक्ने स्थल’हरूमा आक्रमण गर्ने इरानको वैध अधिकार भएको बताएका छन् । उनले हानिबाट जोगिन यूएईका सहरहरू खाली गर्न मुस्लिमहरूलाई आह्वान गरेका छन् ।

यसअघि अर्को खाडी देश कतारमा अमेरिकी व्यापारिक स्वार्थ जोडिएका कतिपय ठाउँहरू खाली गर्न अधिकारीहरूले आदेश दिएका थिए । इरानले तिनलाई वैध निसाना भनेपछि मानिसहरूलाई त्यहाँबाट अन्यत्र जान अधिकारीहरूले भनेका छन् ।

गुगल तथा ‘अमेरिकन एक्सप्रेस’जस्ता अमेरिकी कम्पनीहरूको कार्यालय रहेको राजधानी दोहाको केन्द्रमा रहेको मुशेइरेब डिस्ट्रिक्टमा मानिसहरूलाई फोनमार्फत् ती ठाउँ छाड्न सावधान गराइएका सन्देश जारी गरिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK