Skip to content
LAXMI SUNRISE BANK

४८ सय रुपैयाँले घट्यो आइतबार सुनको मूल्य

अर्थ सरोकार

काठमाडौँ। आइतबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४८ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख १४ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४८ सय  रुपैयाँले घटेर तीन लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २२५ रुपैयाँले घटेर प्रतितोला ५२७० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ६५  हजार २ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४५१८ रुपैयाँमा कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK