Skip to content
LAXMI SUNRISE BANK

सुविधा मनि चेन्जरको लाइसेन्स राष्ट्र बैंकद्वारा रद्द (सूचनासहित)

अर्थ सरोकार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सुविधा मनि चेन्जर प्रा.लिको इजाजतपत्र रद्द गरेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै तोकिएको समयमा नवीकरण नगरेको पाइएपछि सुविधा मनि चेन्जर प्रा.लिको इजाजतपत्र रद्द गरेको जनाएको हो।

राष्ट्र बैंकको विराटनगर कार्यालयले झापाको मेचीनगर नगरपालिका ६ मा रहेको  सुविधा मनी चेन्जरको लाइसेन्स रद्द गरेको हो।

राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘यस बैंकबाट मनिचेञ्जर कारोवार गर्न इजाजतपत्र प्राप्त गरेका देहायबमोजिमका मनिचेञ्जरको नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय गरिएको हो।’

Notice_License-Revoked

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK