Skip to content
LAXMI SUNRISE BANK

सिके राउतले गरे कहिल्यै सांसद नबन्ने घोषणा !

अर्थ सरोकार

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले कहिल्यै सांसद  नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत कहिल्यै सांसद नबन्ने घोषणा गर्दै राउतले संसदीय राजनीतिबाटै सन्यास लिएको घोषणा गरेका छन् ।

संसदीय राजनीतिबाट सन्यास लिए पनि संघर्षको राजनीति जारी राख्ने राउतले बताउका छन् । 

‘…म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन ।’, उनले लेखेका छन्, ‘राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु ।’

२०७९ को प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट राउत निर्वाचित भएसँगै जनमत पार्टी राष्ट्रिय दल बनेको थियो । यसपटकको निर्वाचनमा सप्तरी-२ बाट उम्मेदवारी दिएका राउत रास्वपाका रामजी यादवसँग पराजित भएका थिए । उनले अब आफू राजनीतिबाट टाढा रहे पनि पार्टीलाई अर्को निर्वाचनका लागि तयार गर्ने पनि बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK