काठमाडौँ । सिटिजन्स बैंकमा करोडौँ घोटाला भएको खुलासा भएको छ । प्रहरीमा उजुरी नै परेपछि बैंकको विराटनगरस्थित कञ्चनबारी शाखामा झण्डै साढे ४ करोड रुपैयाँ घोटाला भएको खुलासा भएको हो ।
बैंकमा भएको घोटालाबारे छानबिन गर्न भन्दै प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) कोपिला चुडालले पुष्टि गरेकी छिन् ।
‘बैंकमा घोटाला भएको भन्ने आधिकारिक सूचना पाएका छौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै चुडालले भनिन्, ‘हामी भेरिफाइ गर्दैछौँ । अनुसन्धान गर्छौं । थप कुरा अनुसन्धानपछि नै खुल्नेछ ।’
यता बैंक स्रोतले भने बैंकमा भएको साढे ४ करोड बढी घोटालामा संलग्नता देखिएका ५ जना कर्मचारीमाथि अनुसन्धान गर्न उजुरी दिएको बताएको छ । बैंकले गरेको आन्तरिक इन्स्पेक्सनका क्रममा पनि साढे ४ करोड घोटाला भएको फेला पारेको थियो ।
करोडौँ घोटाला भएको देखिएपछि बैंकले सो प्रकरणमा प्रारम्भिक दोषी देखेका रोजी कंडेलसहित ५ जनालाई निलम्बन गरेको छ । उनीहरुले नक्कली कर्जा फाइल खडा गरी रकम निकाल्ने गरेको पाइएको छ । यसअघि गएको इन्टरनल अडिट टिमलाई नै सो घटनाबारे जानकारी दिए पनि सिए फर्मबाट गएको आर्टिकल ट्रेनीको टोलीले सब ठिक छ भन्ने रिपोर्टीङ गरेका थिए । अडिट टिमले पनि नहेरेको भन्दै बैंकको केन्द्रीय कार्यालयमा समेत यस विषयमा जानकारी गराइएको थियो ।
उक्त घोटाला विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्