Skip to content
LAXMI SUNRISE BANK

सहसचिवको घुस खाने टेक्निकः रिसोर्टका कर्मचारीको नाममा चेक, चिनजानका व्यक्तिका नाममा जग्गा !

अर्थ सरोकार

काठमाडौँ । राजस्व अनुसन्धान विभागका पूर्व महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विभागमा रहँदा ७० लाख घुस लिएको प्रमाण फेला परेपछि अख्तियारले अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

अख्तियार स्रोतका अनुसार अधिकारीले एचके इन्टरप्राइजेजका मालिक श्रीकृष्ण श्रेष्ठसँग घुस लिएको भेटिएको छ । 

उनले घुसबापतको रकम सिधै आफूले नलिएर पोखराको कुटी रिसोर्टका कर्मचारीको नाममा चेक काट्न लगाउने गरेको अख्तियारको दाबी छ । रिसोर्टका मालिक देवेन्द्र केसीसँगको सम्बन्धका कारण उनले सोही रिसोर्टका कर्मचारीको नाममा चेक काट्न लगाउने गरेका थिए ।

त्यसरी लिएको घुस रकममध्ये २० लाख रुपैयाँ रिसोर्टको ऋण तिर्न प्रयोग भएको अख्तियारको दाबी छ । बाँकी ५० लाख रुपैयाँले भक्तपुरको दिव्यश्वरी प्लानिङमा नेपालगञ्जका रवीन्द्र लामिछानेको नाममा ५ आना जग्गा खरिद गरेको भेटिएको छ । अख्तियारले लामिछाने र देवेन्द्र केसीविरुद्ध पनि मुद्दा दायर गरेको छ । 

हाल उनी बागमती प्रदेशको आर्थिक मामिला मन्त्रालयमा सहसचिवका रुपमा कार्यरत छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK