काठमाडौँ । शिखर पावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरिएको हो ।
कम्पनीका अनुसार आईपीओमा २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो । तीमध्ये ३६ हजार ५०० जना आवेदकले दिएको ४ लाख २२ हजार २०० कित्ताको आवेदन विभिन्न कारणले बदर भएको छ ।
बाँकी २६ लाख ५० हजार ८४७ जना आवेदकको २ करोड ८३ लाख ९४ हजार ७९० कित्ताका लागि परेको आवेदन भने सदर भएको छ ।
सदर आवेदनमध्ये गोलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार २६० जना आवेदकले मात्र शेयर प्राप्त गरेका छन् । बाँकी २४ लाख ६६ हजार ५८७ जना आवेदक भने आईपीओबाट वञ्चित भएका छन् । उच्च आवेदनका कारण अधिकांश लगानीकर्ताले शेयर नपाएको देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्