काठमाडौँ। अल इन्डिया ११ हासिल गरेका अंकित कुमार महतोले स्पष्ट नबुझी केवल रटाइमा निर्भर रहँदा दीर्घकालीन रूपमा सफलता पाउन कठिन हुने बताएका छन्। अर्थ सरोकारसँग कुराकानी गर्दै महतोले यस्तो बताएका हुन्।
सर्लाही घर भएका अंकित कुमार महतोले ७८.१७ प्रतिशत अंकसहित अल इन्डिया ११ प्राप्त गरेका छन्। उनी एकेडेमी अफ कमर्श चार्टड एकाउन्टेन्ट (एओसी सीए) मा अध्ययनरत थिए।
भारतीय चार्टर्ड एकाउन्टेन्टहरूको संस्था (आईसीएआई) ले सञ्चालन गरेको याे वर्षकाे चार्टर्ड एकाउन्टेन्ट (सिए) परीक्षामा नेपालका ७ जना विद्यार्थीले ‘अल इन्डिया टप’ गरेको पनि उनले बताएका छन्।
उनले भने, ‘म तराईको गाउँको केटा हुँ। घरपरिवारले मलाई धेरै साथ दिनुभयो, तर गाउँमा सिए पढ्न लाग्दा छिमेकीले पैसा खेर फाल्नु मात्र हो, नपढ भन्थे, फेल हुन्छस् भन्थे, तर मेहनत गर्यो भने सबै सम्भव छ। अहिले म अल इन्डिया ११ मा पास भए ।’
सिए परीक्षामा अल इन्डिया ११ हासिल गरेका अंकित कुमार महतोले मेहनत र निरन्तरताले सफलता सम्भव हुने बताएका छन्। उनका अनुसार सिए परीक्षा कठिन भए पनि सही योजना, अनुशासन र नियमित अभ्यासले यसलाई सजिलै पार गर्न सकिन्छ।
महतोले विशेष गरी दैनिक अध्ययनको बानी, समय व्यवस्थापन र बारम्बारको पुनरावृत्तिलाई सफलता प्राप्त गर्ने मुख्य आधारका रूपमा उल्लेख गरेका छन्। उनले अवधारणा स्पष्ट नबुझी केवल रटाइमा निर्भर रहँदा दीर्घकालीन रूपमा सफलता पाउन कठिन हुने उल्लेख गरेका छन्।
उनले जति धेरै अभ्यास गरिन्छ, त्यति नै आत्मविश्वास बढ्छ भन्दै सबै विद्यार्थीहरूलाई मेहनत गर्न आग्रह गरेका छन्। साथै, उनले विद्यार्थीहरूलाई धैर्यता कायम राख्न र असफलताबाट नडराई निरन्तर अघि बढ्न सुझाव दिएका छन्।
महतोको यो सफलताले सिए तयारी गरिरहेका विद्यार्थीहरूलाई प्रेरणा मात्र नभई सही दिशामा अगाडि बढ्न मार्गदर्शनसमेत दिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्