काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा शर्मनाक हार ब्यहोरेपछि थापाले सभापति पदबाट राजीनामा दिएका हुन् ।
उनले बुधबार शर्माले पार्टीका उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका छन् ।
सर्लाही-४ उम्मेदवारी दिएका थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेशकुमार सिंहसँग हारेका थिए । सिंह ३५ हजार ६ सय ८८ मतसहित विजयी हुँदा थापाले २२ हजार ८ सय ३१ मत पाएका थिए ।
थापा काँग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । हाल थापाले सभापति पदबाटै राजीनामा दिएका छन् । थापाको राजीनामाबारे शुक्रबार बस्ने पार्टीको आगामी बैठकले निर्णय गर्ने बताइएको छ । थापाको राजीनामा स्वीकृत भएसँगै उपसभापति विश्वप्रकाश शर्मा पार्टीको सभापति बन्ने काँग्रेसका एक नेताले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्