Skip to content
LAXMI SUNRISE BANK

२०८३ मा ३५ दिन बैंक बिदा, कुन-कुन दिन हुन्छ बिदा ? (सूचीसहित)

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८३ सालमा हुने बैंक बिदाको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले आगामी वर्ष २०८३ मा हुने बैंक बिदाको सूची सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार आगामी वर्षमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कुल ३५ दिन बिदा पाउने भएका छन् । 

वर्षको पहिलो दिन अर्थात बैशाख १ गते (नयाँ वर्ष) बैंकहरु बन्द रहनेछन् । बैशाख १८ गते विश्व मजदुर दिवसमा पनि बैंक तथा वित्तीय संस्थामा बिदा रहनेछन् । त्यस्तै, दशैँमा ७ दिन र तिहारमा ५ दिन बैंक तथा वित्तीय संस्थामा बिदा रहने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले जारी गरेको बिदा सूची अनुसार असोज २५ गते (घटस्थापना) र असोज ३१ गते (फूलपाती) देखि कात्तिक ६ गते (द्वादशी)सम्म बैंक तथा वित्तीय संस्था बन्द रहनेछन् भने तिहारमा कात्तिक २२ गते (लक्ष्मीपूजा)देखि कात्तिक २६ गते (भाइटिका)सम्म बैंकहरु बिदा रहनेछन् । 

त्यस्तै, प्रत्येक शनिबार बैंक बिदा रहनेछन् भने शुक्रबार आधा दिन बिदा हुनेछ । प्रदेश सरकारले आ-आफ्नो प्रदेशमा घोषणा गरेमा बढीमा वर्षको ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सार्वजनिक बिदा हुने र प्रदेश सरकारले आफ्नो प्रदेशभरि लागू हुने गरी ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गरेमा र काठमाडौँ उपत्यकाका तीन जिल्लाको हकमा गृह मन्त्रालयले निर्णय गरेबमोजिम हुने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सूचीः

Holiday-List-2083-Nepali
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK