Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य एकैदिन १२ हजार ५ सयले घट्यो, अव तोलाको दुई लाख ८२ हजार रुपैयाँ

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १२ हजार ५ सय रुपैयाँले घटेर दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३५५ रुपैयाँले घटेर प्रतितोला ४५४० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४१ हजार ७ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३८९२.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK