काठमाडौँ । एभरेष्ट बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्वका विषयवस्तुहरूलाई समेटेर आफ्नो कर्पोरेट क्यालेन्डर प्रकाशन गर्दै आएको छ । आफ्नो यसै गौरवमय परम्परालाई निरन्तरता दिने क्रममा बैंकले वि.सं. २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ ।
यस वर्षको क्यालेन्डरमा उन्नाइसौँ शताब्दीको मध्यदेखि सुरु भएको र महादेशीय दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिने ‘नेपालको विकास यात्राः नवप्रवर्तनका आयामहरू’ लाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ ।
एक विशेष समारोहका बीच बैंकको सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले २०८३ सालको क्यालेन्डर अनावरण गरेका हुन् । उक्त समारोहमा बैंकका सञ्चालकहरू लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
एभरेष्ट बैंकको हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् भने देशैभरि १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू र १६३ वटा एटिएम सञ्चालनमा छन् ।
विश्वव्यापी नेटवर्कमार्फत अत्याधुनिक मोबाइल, इन्टरनेट र एस्एम्एस् बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३३ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्