Skip to content
LAXMI SUNRISE BANK

भर्ने होइन त सोपान फर्मास्यूटिकल्सको आईपीओ ?

अर्थ सरोकार

काठमाडौँ। सोपान फर्मास्यूटिकल्स लिमिटेडले आईपीओ निष्कासन गरेको छ। कम्पनीले चैत ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले कुल ४२ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा त्यसको १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता सेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपालीहरूका लागि छुट्याएको हो ।

इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्मका लागि चैत १२ गतेभित्र आवेदन दिन सक्नेछन् । यदि यस अवधिमा पूर्ण आवेदन नपरेमा चैत २३ गतेसम्म समय थपिनेछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको यस आईपीओमा ‘मेरो शेयर’ अनलाइन वा सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी बी’ रेटिङ्ग प्रदान गरेको छ। जसले लगानीमा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले कुल सेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोष र ४ प्रतिशत कर्मचारीहरूका लागि सुरक्षित गरेको छ भने बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सेयरपछि सर्वसाधारणका लागि निष्काशन गरिने जानकारी दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK