Skip to content
LAXMI SUNRISE BANK

युद्ध सुरु भएयता इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार, ९२ प्रतिशत क्षेप्यास्त्र आकाशमा नै नष्ट

अर्थ सरोकार

काठमाडौँ । मध्यपूर्व युद्ध सुरु भएदेखि इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये ९२ प्रतिशत क्षेप्यास्त्र आकाशमा नै नस्ट गरिएको इजरायली सेनाले जनाएको छ । दक्षिणी इजरायलका दुई शहरमा इरानी क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा १७५ जना घाइते भएको भोलिपल्ट यो तथ्यांक सार्वजनिक गरिएको हो ।

‘इरानले ४०० भन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिसकेको छ । हामीसँग ठूलो अवरोध दरहरू छन्,’ इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल नदाभ शोशानीले पत्रकारहरूसँग भने । ‘हामीसँग लगभग ९२ प्रतिशतभन्दा बढी क्षेप्यास्त्रलाई आकाशमा नै निस्क्रिय पारिएको छ,’ उनले थपे  ।

शनिबार आक्रमण भएका शहरहरू मध्ये एक डिमोना रहेको छ, जुन इजरायलको अघोषित परमाणु शस्त्रागार भएको विश्वास गरिन्छ । उक्त क्षेप्यास्त्रको प्रभाव शहरको आणविक केन्द्रबाट पाँच किलोमिटरको दूरीमा रहेको थियो । नजिकैको अर्को शहर अरादका धेरै भवनहरूमा ठूलो क्षति पुगेको छ ।

शनिबार प्रहार गरिएका क्षेप्यास्त्र ब्यालेस्टिक क्षेप्यास्त्रभन्दा फरक नभएको र युद्धका क्रममा अहिलेसम्म यस्ता चारवटा मात्र प्रहार भएको शोशानीले बताए ।

इजरायली सेनाले शनिबार हमला रोक्न नसकेको घटनाबारे अनुसन्धान गर्ने बताएको छ । ‘हामीले विगतमा धेरै आक्रमणलाई आकाशमा नै विफल बनाएका छौँ र भविष्यमा पनि यो दर कायम रहने छ,’ शोशनीले भने ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिबार ‘निकै कठिन साँझ’ भएको स्वीकार गर्दै साइरन बज्दा नागरिकलाई सुरक्षा केन्द्रमा जान आग्रह गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK