काठमाडौँ । सिद्धार्थ क्यापिटलले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। ‘स्मार्ट मनि टक्स’ भन्ने मूल नाराका साथ मार्च १६ देखी सुरु भएको ‘ग्लोबल मनी विक्स २०२६’ विश्वभरी मनाइँदै छ ।
सो अवसरमा सिद्धार्थ क्यापिटल लिमिटेडले नेपालका विभिन्न शहरहरुमा १२ तथा स्नातक अध्ययनरत युवा विद्यार्थीहरु माझ वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
सिद्धार्थ क्यापिटलले काठमाडौँ, नेपालगञ्ज, बिराटनगर, बुटवल, नारायणगढ र पोखरा लगायतका स्थानहरूमा कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौँको मृगसिरा वोेल्र्ड स्कूल, बिराटनगर स्थित बिराटनगर इन्टरनेशनल कलेज, नारायणगढको विरेन्द्र वहुमुखी क्याम्पस, नेपालगञ्ज स्थित नेपालगञ्ज वहुमुखी क्याम्पसमा सिद्धार्थ क्यापिटलको आयोजनामा तथा बुटवलको मणिमुकुन्द कलेज तथा पोखराको प्रतिभा माध्यमिक विद्यालयमा सिद्धार्थ बैंक लिमिटेडको सहकार्यमा विद्यार्थीहरूलाई लक्षित गरी वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको हो ।
वित्तीय पहुँच विस्तार र दिगो आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्य सहितका यस्ता अभियानले युवा पुस्तालाई जिम्मेवार वित्तीय निर्णय गर्न प्रेरित गर्ने विश्वास गरिएको छ । सो कार्यक्रम मार्च २२ मा सम्पन्न भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्