काठमाडौँ । सरकारले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका बेला भएको घटनाको छानविन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले आज-भोलिमै सार्वजनिक गर्ने तयारी गरेको हो ।
प्रतिवेदन कहिले सार्वजनिक गर्ने भन्ने विषयमा प्रधानमन्त्री सुशिला कार्की वरिष्ठ मन्त्रीहरुसँग आन्तरिक छलफलमा रहेको बुझिएको छ । उक्त छलफलपश्चात प्रतिवेदन सार्वजनिक गर्ने मिति निश्चित हुने स्रोतको भनाइ छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले फागुन २४ गते सरकारलाई उक्त प्रतिवेदन बुझाएको थियो । देशभरबाट उक्त प्रतिवेदन छिटो सार्वजनिक गर्न माग आईरहेको छ ।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको स्रोतले जनाएको छ । उनीहरुलाई १०–१० वर्षको कैद सिफारिस सहित प्रतिवेदन तयार भएको बुझिएको छ ।
त्यस्तै, सशस्त्रका आईजी राजु अर्याललाई तीन वर्षको कैद सिफारिस छ भने उनीहरुमाथि कार्की आयोगको सिफारिस समेतका आधारमा मुद्दा चल्नसक्ने बताइएको छ ।
त्यसैगरी, तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडी र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल र नेपाल प्रहरीका सिद्धिविक्रम शाही माथि पनि कारवाही गर्न सिफारिस गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्