काठमाडौँ। जनकपुरधाममा जेनजी मुभमेन्ट अलायन्सको सदस्यहरुले शान्तिपूर्ण धर्ना दिएका छन् । जेनजी आन्दोलनको जाँचबुझ गर्न बनेको गौरी बहादुर कार्कीको नेतृत्वमा गठित आयोगले सरकार समक्ष प्रतिवेदन हस्तान्तरण गरेपनि हालसम्म सार्वजनिक नभएकोमा दबाब दिन जेनजी मुभमेन्टका सदस्यहरुले शान्तिपूर्ण धर्ना दिएका हुन् ।
उनीहरुले मंगलबार (आज) जनकपुरधामको जनक चोकमा प्लेकार्ड बोकेर शान्तिपूर्ण धर्ना दिएभने प्रतिवेदन सार्वजनिक गर्न नारासमेत लगाएका छन् । जेनजी आन्दोलनपछि गठन भएको सरकारको म्यानडेटमा उक्त आन्दोलनको निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने उल्लेख रहेको जेनजी मुभमेन्ट अलायन्सका धनुषा जिल्ला प्रतिनिधि दीपिका लामाले बताइन् ।
तर, सरकारले यति लामो समयसम्म उक्त प्रतिवेदन सार्वजनिक नगर्नु गलत रहेको बताइन् । उनका अनुसार सरकारले अब पनि दोषीलाई सार्वजनिक गरी कानुनी दायरामा नल्याउने हो भने जेन–जी आन्दोलनको कुनै मतलब नै भएन ।
उनले प्रतिवेदन सार्वजनिक नभएसम्म आफूहरु देशभरी नै शान्तिपूर्ण धर्ना गर्ने जानकारी दिइन । कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न मागसहित जेन-जी मुभमेन्ट अलायन्सले काठमाडौँसहित देशका विभिन्न मुख्य सहरहरुमा निरन्तर धर्ना एवम प्रदर्शन गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्