Skip to content
LAXMI SUNRISE BANK

‘अब बन्ने सरकारसँग सहकार्य गर्न काँग्रेस तयार छ’- गगन थापा

अर्थ सरोकार

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अव बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताएका छन् ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्यसमिति बैठकमा सभापति थापाले यस्तो बताएका हुन् ।

उनले २०४५ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गर्नुपर्ने आफूहरूको मुख्य माग रहने बताएका छन् । ‘२०४५ सालयता सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानविन गर्नुपर्छ र यदि अवैध छ भने त्यो जफत गर्नुपर्छ ।’ थापाले भने । 

थापाले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि उच्चस्तरीय छानबिनको लागि अव गठन हुने रास्वपा सरकारसँग प्रस्ताव गर्ने पनि बताएका छन् । उनले नयाँ सरकारसँग सुशासनका सन्दर्भमा ठूलो नागरिक अपेक्षा रहेको उल्लेख गर्दै भ्रष्टाचारका फाइलहरू खोल्ने काम राजनीतिक खपतका लागि मात्र हुन नहुने बताएका छन् ।

विगत ३५ वर्षको अवधिमा शासकीय शक्तिको दुरुपयोग भएका घटनाहरू सार्वजनिक भइरहेको भन्दै उनले कुनै पनि काण्ड वा भ्रष्टाचारका विषयमा कानूनसम्मत ढङ्गले अनुसन्धान हुनुपर्नेमा जोड दिए । ‘भ्रष्टाचारको छानविन र शासकीय शक्तिको दुरुपयोगको अनुसन्धानको सन्दर्भमा काँग्रेसको पूर्ण साथ रहन्छ ।’ उनले भने ।

थापाले अबको पाँच वर्ष प्रतिपक्षको तर्फबाट काँग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK